
दंगीशरण गाउँपालिका वडा नं.२ कलमखोला, दाङ
लुम्बिनी प्रदेश, नेपाल
यस हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको दाङ जिल्ला दंगीशरण गाउँपालिका वडा नं.२ कलमखोलामा अवस्थित कृषि वन उद्यममा आधारित सहकारी संस्था हो । स्थानीय समुदायहरुले आर्जन गरेको आयबाट थोरै भएपनि नियमित रुपले बचत जम्मा गर्ने बानीको विकास तथा समुदाय बिच स्वावलम्बन पारस्परिक सहयोगको विकास र स्थानीय कच्चापर्दाथको सदुपयोग गरी जीविकोपार्जनमा जोड्दै आर्थिक रुपमा सवल बनाउने उद्धेश्यका साथ स्थापित भएको सहकारी हो ।
दंगीशरण गाउँपालिकाको सहकारी संस्था दर्ता ऐन २०७४ को परिच्छेद २ को दफा ६(१) बमोजिम वि.सं.२०७९ साल फाल्गुन २८ गते हाम्रो राजाकोट बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको विधिवत रुपमा दर्ता भई दंगीशरण गाउँपालिका भित्र कार्यक्षेत्र रहेर आफनो सेवा विस्तार गर्दै यस क्षेत्रका विपन्न वर्गका समुदायहरुलाई आफूले आर्जन गरेको आयबाट नियमित रुपले बचत गर्ने बानी बसाल्न प्रेरित गरि संकलन गरिएको तथा स्थानीय समुदायमा रहेका मध्यम तथा निम्न आर्थिक जिवनस्तर भएका शेयर सदस्यहरुको आय आर्जनमा सहयोग पु¥याउन यस सहकारीको माध्यमबाट विभिन्न प्रयासहरु गरिएको छ । यस सहकारीले संस्थामा संकलन भएको तरल रकम शेयर सदस्यहरुलाई घरेलु सीपमलक र आयमूलक कार्यका लागि सहुलियत ब्याजदरमा ऋण प्रवाह गरेर सदस्यहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने अभिप्रायका साथ निरन्तर रुपमा अगाडि बढिरहेको छ ।
स्थानीय कच्चापर्दाथ, प्राकृतिक तथा स्थानीय स्रोत र साधनहरुको उचित व्यवस्थापन मार्फत यस संस्थाका शेयर सदस्यहरुसँगै अन्य समुदायका मानिसहरुको आर्थिक विकासमा प्रेरित गर्न, दिगो आर्थिक विकासको सम्बन्धमा योजना निमार्ण एवमं कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुका साथै सकारात्मक एवं रचनात्मक परिवर्तनको प्रभावशाली संवाहक हुनेछ भन्ने मान्यता स्थापित गर्न तथा समाज विकासका क्रममा सहकारीका सदस्यहरुको क्षमतामा अभिवृद्धि गर्न महिला, आदिवासी जनजाति, दलित, युवा सहभागिता र विकासलाई साझेदारीका माध्यमबाट सामाजिक तथा आर्थिक समृद्धि गर्ने उद्देश्यले यो सहकारी संस्था स्थापित भएको हो ।