• hamrorajakot582@gmail.com
  • Kalamkhola, Dang, Nepal
सदस्यहरुलाई अचार बनाउने तालिम सञ्चालन
By yessc

सदस्यहरुलाई अचार बनाउने तालिम सञ्चालन

यस हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा अचार बनाउने आधारभूत ३ दिने तालिमको आज समापन भएको छ । शेयर सदस्यहरुको सीप विकास र आम्दानी अभिवृद्धि गर्ने उदेश्यका साथ मिति २०८२/०५/०२-०४ गतेसम्म सञ्चालन भएको अचार बनाउने आधारभूत तालिमको समापन सत्रमा यस संस्थाको शिक्षा उपसमितिको संयोजक अञ्जना वि.कको अध्यक्षता एवम् दंगीशरण गाउँपालिका उपाध्यक्ष पिमा कुमारी खड्काको प्रमुख आतिथ्यता तथा दंगीशरण गाउँपालिका वडा नं.२ का वडा अध्यक्ष डम्बर खत्रीको विशिष्ट आतिथ्यतामा तालिमको समापन सत्र सम्पन्न भएको थियोे । अचार बनाउने आधारभूत तालिमको प्रशिक्षक लोकराज पन्तबाट प्रशिक्षण दिईएको थियोे । तालिममा १० जना शेयर सदस्यहरुको सक्रिय सहभागीता रहेको थियो ।