-
संस्थामा सहकारी मूल्य मान्यता एवं सिद्धान्तको पालना गर्दै संस्थागत सुशासन कायम गर्न जोड दिने ।
-
सदस्यहरुलाई दिगो वन व्यवस्थापन, वन उद्यम, वन पैदावार तथा कृषि उपज, तरकारी, फलफुल, जडिबुटी, माछा मासु जन्य उत्पादन, दुध एव् दुध्दजन्य उत्पादनहरु संकलन, प्रशोधन तथा बजारीकरण, पर्यापर्यटन, परम्परागत जैविक कृषि प्रणाली र नवीकरणीय उर्जाका माध्यमबाट व्यवसायिक र आधुनिकीकरण गर्ने ।
-
सदस्यहरुको वन तथा कृषिजन्य उत्पादन क्षमतालाई अभिवृद्धि गर्ने र कृषि तथा पशुपालनका आवश्यक पर्ने रासायनिक तथा जैविक मलखाद, बिउबिजन, पशु आहार, औषधी उत्पादन एव् विक्रि वितरण गर्ने ।
-
सदस्यहरुबाट नियमित बचत संकलन, सरकारी निकायबाट अनुदान एव् अन्य बैकं तथा वित्तिय संस्थाहरु सँग सहुलियत कर्जा प्राप्त गरी सदस्यहरुलाई कृषि, पशुपंक्षी , सिपमुलक, व्यावसायिक तथा उद्यमशीलता विकास तालिम सञ्चालन गरी आर्थिक पाटोमा जोड्ने र कृषिलाई आधुनिकरण गर्न मेशिन, औजार, उपकरण एव् साधन सदस्यहरुलाई उपलब्ध गराउने ।
-
सदस्यहरुबाट बचत संकलन एवं अन्य बैंक तथा वित्तीय संस्थाहरुसंग कर्जा प्राप्त गरी आयमुलक उद्यमशीलता क्रियाकलापहरु सञ्चालनका लागि उक्त शेयर सदस्यहरुलाई आवश्यक परे सहुलियत ब्याजमा कर्जाको व्यवस्था गर्ने ।
-
कार्य क्षेत्र भित्र रहेका सामुदायिक वन उपभोक्ता समूह, कृषि समुह, उद्यमी समुह, युवा क्लव, आदिवासी जनजाति, दलित, गरिब, महिला, साना किसान तथा वन किसानहरुका सदस्यहरुलाई संगठित गराई सहकारीताको माध्यमबाट जीवनस्तर उकास्न आर्थिक, सामाजिक एवं सामूदायिक विकासमा जोड दिने ।
-
सदस्यहरुको सामाजिक जीवनको विविध क्षेत्रमा संस्थागत सहयोग पु¥याउने खालका सेवामूलक कार्यक्रमहरु संचान गरी सहकारीताको महत्व स्थापित हुने गरी समुदायमा पारदर्शिता गर्ने ।
-
सदस्यहरुमा बचत गर्ने बानीको विकास आय आर्जन क्षमतामा वृद्धि र पारस्परिक सहयोगको आधारमा व्यवसायिक विकास गर्ने ।